ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ । दुईजनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने छन् । ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढककुमारीका श्रीमान् २७ वर्षीय राजन विष्ट र ढककुमारीकी नाबालिका छोरी तीन वर्षीया सरिस्मा विष्टको नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post