संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ११ की ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ ।
घरमा एक्लै बस्दै आएकी बृद्दाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैँले लगाएको चोलोमा आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।














Discussion about this post