विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुईजना आईतबार डिस्चार्ज भएका छन् ।
कोरोनामुक्त भएका झापा र भोजपुरका एक–एक जना डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए ।
झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
Discussion about this post