धरान : सुनसरी उद्योग वाणिज्य संघको असार २० गते सोमबार हुने निर्वाचनमा शिवराज श्रेष्ठले आफ्नो प्रतिबद्वता पत्र सार्वजनिक गरेका छन् ।
धरानमा आज एक पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफ्नो प्रतिबद्वता पत्र सार्वजनिक गरेका हुन् ।
उनले संघ, प्रदेश र स्थानीय सरकारीबीच समन्वय गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने, संघमा दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, खस्किँदो स्थानीय व्यापारको स्तरोन्नतिका लागि सहजीकरण गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने, उद्योगी व्यवसायीहरुमाथि गरिने जबरजस्ती चन्दा आतंक, धम्कीको अन्य गरी सुरक्षाको प्रत्याभूति दिने, सुरक्षाका लागि आवश्यक स्थानमा सीसी क्यामेरा जडान गर्ने एजेन्डा अघि सारेका थिए ।
‘हामीले निर्वाच्नमा विजय भएपछि व्यवसायिक क्षेत्रमा देखिएका तमाम समस्यालाई साझा समस्या सम्झिँदै समाधान गर्नेछौं’, उनले भने ।
श्रेष्ठ अध्यक्ष रहेको प्यानलतर्फ उद्योगमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठले उम्मेदवारी दिएका छन् । वाणिज्यतर्फ महिला सदस्यमा ममता शाक्यले उम्मेदवारी दिएकी छन् ।
यसैगरी वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राजभण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सीतारामा आचार्यले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
यस्तै, वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बूले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
यो पनि – सुनसरी उवासंघ निर्वाचन : यस्ता छन् शिवराज श्रेष्ठ प्यानलका प्रतिबद्वता














Discussion about this post