खोटाङको रावाबेँसी गाउँपालिका ३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छिन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा बिहीबार (आज) बिहान मृत फेला परेकी हुन् ।
नेपाली कांग्रेस लामीडाँडाका वडा सभापति समेत रहेकी उनका दुई छोरी छन् । श्रीमान भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।



















Discussion about this post