इटहरी : इटहरीमा राति ११ बजेसम्म होटलहरू सञ्चालन हुने भएको छ ।
होटल व्यवसायी संघ इटहरीले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायी, सुरक्षा निकाय र जनप्रतिनिधिसमेतको उपस्थितिमा रातको ११ बजेसम्म होटल व्यवसाय खोल्न तथा सञ्चालन गर्न सहमत भएका हुन् ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्का लगायत उपस्थित थिए ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले होटललाई वर्गीकरण गर्ने र सोहीअनुसार करको दरमा फेलबदल गर्ने निर्णय समेत भएको बताए ।














Discussion about this post