इटहरी : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको हो ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।
कार्यालयले यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ ।
जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ ।














Discussion about this post