खोटाङ : खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा २०७८ को तयारी पूरा भएको छ ।
११ र १२ भदौमा सञ्चालन हुने परीक्षामा जिल्लाका एक हजार ७३६ परीक्षार्थी सहभागी हुने शिक्षा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए ।
परीक्षाका लागि सरस्वती माबि दिक्तेल, पञ्च माबि दिक्तेल, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने जनाइएको छ ।
एसईई ग्रेड वृद्धि परीक्षामा जिल्लाका १०० विद्यालयमध्ये ९३ विद्यालयका छात्र/छात्राले परीक्षा दिने कार्यालयले जनाएको छ ।














Discussion about this post