खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ मा करेन्ट लागेर एक जनाको निधन भएको छ ।
नेपाल विद्युत प्राधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दिक्तेल रुपाकोट मझुवगढी ४ का ४० वर्षीय नवीन्द्र राईको करेन्ट लागेर निधन भएको हो ।
तीनधारे स्थितमा विद्युतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सनराईज हस्पिटल बुइपामा उपचारको क्रममा निधन भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।












Discussion about this post