ओखलढुंगा : ओखलढुंगामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ओखलढुंगाको सिद्विचरण नगरपालिका ११ रमाईलो डाँडा चौकस्थित सिद्विचरण लोकमार्गमा ना २ ख ८७७९ नम्बरको ट्रकले ठक्कर दिँदा युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय फुरी शेर्पा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाण्डौँ लैजाने क्रममा सिन्धुलीको मिशन हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक सिद्विचरण ९ बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post