खोटाङ : खोटाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
दिक्तेलबाट खार्मी जाँदै गरेको ट्याक्टरबाट खसेर स्थानीय ५३ वर्षीय टेकबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
गाउँमा किनारा पसल गर्दै आएका राई सामान लिन दिक्तेल आएका थिए ।
दिक्तेलबाट प्र. १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरमा सामान लिएर जाँदै गर्दा सोल्मा डाँडाटोलमा खसेर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो ।
अस्पताल ल्याउनेबित्तिकै चिकित्सकले मृत्यु भएको जनाएका थिए ।
गुड्दै गरेको ट्याक्टरबाट खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी रामबालक रायले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post