इटहरी : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज (सोमबार) पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परीक्षा सञ्चालन हुने जानकारी गराएको हो ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थी नै उक्त पूरक परीक्षामा समावेश हुनेछन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका थिए ।
तीमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् ।
यी हुन् परीक्षा केन्द्र














Discussion about this post