विराटनगर : सरोज चौधरी र पूजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् ।
विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्पर्धीहरूलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पूजा मिस थारु आइकन घोषित भएका हुन् ।
थारु आइकनको उपाधि जितेसँगै सरोज र पूजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भएका छन् । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् ।
फस्ट रनरअप साहिल र सुजताले जनही ३० हजार र सेकेण्ड रनरअप विप्लव र सन्ध्याले जनही २० हजार नगद पुरस्कार पाएका छन् ।
उनीहरूलाई कांग्रेस नेता विजयकुमार गच्छदार, कांग्रेस नेता एवं नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनील शर्मा, माओवादी नेता अमनलाल मोदी, एमाले नेता विनोद ढकाल, थारु कल्याणकारिणी सभाका उपाध्यक्ष कनुलाल चौधरी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
नोबेल मिस्टर एण्ड मिस थारु आइकनको यो तेस्रो सिजन हो ।
प्रतियोगितालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजले टाइटल स्पोन्सर गरेको हो । नोबेल अस्पताल सञ्चालक डा.शर्माले यसअघिका दुई वटा सिजनलाई पनि अस्पतालमार्फत प्रायोजन गरेका थिए ।














Discussion about this post