खोटाङ : छिमेकीले खुकुरी प्रहार गर्दा खोटाङका एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको साकेला गाउँपालिका १ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो।
उनीहरू ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिएर अलगअलग कोठामा बस्दैआएका थिए।
सोमबार राति आफूलाई हेपेर बोलेको, आफ्नी श्रीमतीलाई समेत मुख छाडेर बोलेको विषयमा विवाद हुँदा आवेगमा आएका राजेन्द्रले रामचन्द्रलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खुकुरी प्रहार गर्ने राजेन्द्रलाई प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राति नै पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



















Discussion about this post