ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका २ मा रहेको स्काभेटरमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिशंखुगढी १ का २९ वर्षीय तुलसीराज अधिकारी रहेका छन् ।
सृजनशिल कन्स्ट्कसन प्रालिको बा ३ ख ४३०६ नम्बरको स्काभेटर चिशंखुगढी २ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राति आगजनीबाट पूर्ण रूपमा जलेको थियो ।
तत्काल घटनास्थलमा खटिएको प्रहरी चौकी खानी भञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोजतलासको क्रममा स्काभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी १ सुर्केटारबाट बुधबार (आज) बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post