खोटाङ : खोटाङमा एक महिला वडा सदस्यको निधन भएको छ। जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाँडागाउँकी वडा सदस्य ३९ वर्षीया पदमकुमारी नेपालीको निधन भएको हो ।
दाँत दुख्ने बिरामीले पछिल्लो समय नेपाली सिकिस्त भएकी थिइन्। उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी वडा सदस्य नेपालीलाई गिजाको अप्रेसन गरिएको थियो।
तर, त्यहाँ निको नभएपछि थप उपचारका लागि बिराट नर्सिङ होम रिफर गरिएकोमा लैजाँदै गर्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भाइ बिजय नेपालीका अनुसार यसअघि उनलाई सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा उपचार भर्ना गरिएकोमा निको नभएपछि धरान लगिएको थियो ।
धरानमा आइसियु अभाव नभएपछि विराटनगर रिफर गरिएकोमा लैजाँदै गर्दा बाटैमा नेपालीको निधन भएको हो । गत ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्य विजयी भएकी हुन्।



















Discussion about this post