विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर ८ ले सडक मापदण्डभित्र परेको संरचनामा डोजर चलाएको छ ।
वडा कार्यालयको पहलमा आइतबारदेखि १२० मिटर लम्बाईको उक्त बाटो फराकिलो गरेर कालोपत्रेको काम सुरु पनि भएको छ । जय नेपाल मार्ग साखा बाकेबिहारी मार्ग जोड्ने बाटो विगत लामो समयदेखि निमार्ण हुन सकेको थिएन ।
बाटोमा भएका खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम उच्च थियो । वर्षायाममा सडकमा पानी जम्दा आवतजावतमा समेत समस्या हुने गरेको थियो । नाला निकास नहुँदा हिउदमा पनि सडकमा पानी जम्ने समस्या थियो ।
१० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेलले बताए ।
कार्यालयका अनुसार नाला निमार्णका लागि वडा कार्यालयबाट १० लाख र सडक कालोपत्रेका लागि महानगरको सडक बोर्डबाट ७ लाख बजेट विनियोजन गरिएको छ ।














Discussion about this post