सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केराबारी गाउपालिका वडा नम्बर ७ का ४२ वर्षीय उत्तमकुमार मगर रहेका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार राति ९ बजे सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकलमा सवार मगरलाई बिपरीत दिशातर्फ जाँदै गरेको बीआर ३८ एन २२०२ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक भारत जिल्ला अररिया बेलाई गाउँ पञ्चाईत १३ बस्ने २५ वर्षीय रवीकुमार दास र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।
दुवै सवारी साधन तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post