इटहरी : सुनसरी क्षेत्र नं. २ को मतगणना राति ८ बजेबाट सुरु हुने भएको छ ।
सुनसरी क्षेत्र नं. २ (क) को महेन्द्र मावि मतदान केन्द्रको (ङ) बुथबाट प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएको पाइएपछि मतगणना हुन सकेको थिएन ।
प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको मतपत्र दिएपछि विवाद उत्पन्न भएसँगै मतगणना भएको थिएन ।
तर, सहमति गराएर मतगणना गर्नका लागि निर्वाचन आयोगले निर्देशन दिएसँगै राति ८ बजेबाट गणना सुरु गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
यो पनि – सुनसरी क्षेत्र नं. २ मा विवाद उत्पन्न, मतगणना हुन सकेन












Discussion about this post