इटहरी : सुनसरी क्षेत्र नं. २ मा विवाद उत्पन्न भएपछि मतगणना अझैसम्म भएको छैन ।
सुनसरी क्षेत्र नं. २ (क) को महेन्द्र मावि मतदान केन्द्रको “ङ” बुथबाट प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएको पाइएपछि मतगणना रोकिएको हो ।
प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको मतपत्र दिएपछि विवाद उत्पन्न भएको थियो । सर्वदलीय बैठक नै स्थगित भएपछि मतगणना भएको छैन ।
सुनसरी २ (क) बाट स्वतन्त्र उम्मेदवार दिएका दीपेन्द्र घिमिरेका अनुसार प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएपछि विवाद भएको हो
उनले भने, “गल्ती हुँदा ८/१० वटा हुन्छ तर, ८५ वटा गल्ती हुनु त नियोजित हो ।”
यता निर्वाचन अधिकृत एकराज अधिकारीले आँफूहरूले माथि पठाएको र निर्देशन पर्खिराखेको प्रतिक्रिया दिए ।
Discussion about this post