झापा : झापाको मेचीनर नगरपालिका १३ चारआलीमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
हिजो अपरान्ह ४ बजे प्रदेश १ –०१–००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री ७० वर्षीय जगतमान सावालाई ठक्कर दिदा घाईते भएका सावाको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ वर्षीय नरेन्द्र कुमार अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post