Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रदेश १ मा अब को मुख्यमन्त्री ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २६, २०७९
in टाकुरा विशेष, समाचार
0
प्रदेश १ सरकारको तीन वर्ष : ९२ करोडका गाडी किनिए, विकास योजना छैन

तस्वीरमा प्रदेश १ को मुख्यमन्त्री कार्यालय ।

212
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश नं. १ मा कुनै दलको पनि बहुमत नपुगेपछि सरकार बनाउनै सकस हुने भएको छ ।

प्रदेशमा सबैभन्दा बढी सिट जितेर पहिलो पार्टी बनेको नेकपा एमाले एक्लैको बहुमत नपुगेपछि सरकार बनाउनै सकस भएको हो ।

सत्ता गठबन्धनले पनि बहुमत पु¥याउन नसकेपछि अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने बहसको विषय बनेको छ । प्रत्यक्षमा १ सिट पनि नजितेको जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिकमा १ सिट ल्याउँदा सो पार्टी नै सरकार निर्माणका लागि निर्णायक बन्नेछ ।

९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ । जसअनुसार प्रत्यक्षतर्फ २५ सिटमा जित हासिल गरेको एमालेले समानुपातिकमा १५ सिट पाएको छ । प्रत्यक्ष र समानुपातिक गरी एमालेको ४० सिट पुगेको छ ।

यस्तै, प्रत्यक्षतर्फ १७ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा १२ सिट पाएको छ । कांग्रेसको कूल २९ सिट रहेको छ ।

यस्तै, प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकमा ४ सिट पाउँदा कूल अरु ६ सिट प्राप्त गरेको छ । यस्तै, ९ स्थानमा जितेको माओवादी केन्द्रले समानुपातिकमा ४ सांसद पाउँदा कूल १३ सिट पाएको छ ।

यस्तै, प्रत्यक्षमा ३ सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट पाएको छ । जसअनुसार एसको कूल ४ सिट हुन्छ । पत्यक्षमा एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टीले समानुपातिकतर्फ भने १ सिट प्राप्त गरेको छ ।

प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकसहित नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादी पार्टीको ४ र जसपाको १ सिट पुगेको छ ।

एमाले–राप्रपा र जसपा गठबन्धन गर्दै सरकारमा सहभागी भएमा एमालेको नेतृत्वमा सरकार बन्ने छ । सत्ता गठबन्धनबाट सरकार बनाउनका लागि १ सिट अभाव हुन्छ । प्रदेश १ मा सरकार बनाउनका लागि जसपा नै निर्णायक बन्ने भएको छ ।

अहिलेसम्म सरकारमा सहभागी हुने–नहुने भन्नेबारे जसपा मौन जस्तै छ ।

अब को मुख्यमन्त्री ?

यसैबीच अब प्रदेश १ को मुख्यमन्त्री को भन्नेबारे पनि छलफल सुरु हुन थालेको छ ।

नेपाली कांग्रेसबाट संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीका दाबेदार रहेका गुरुराज घिमिरे र राजीव कोइराला पराजित भएपछि अब अमृत अर्यालको सम्भावना बढेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका अर्याललाई मुख्यमन्त्री दिने शर्तमा प्रदेशमा टिकट दिइएको बताइन्छ । यस्तै, संसदीय दलको नेताका लागि भीम पराजुलीले पनि आकांक्षा राखेका छन् ।

संस्थापन पक्षका दुवै जनाको विकल्पमा कोइराला समूहबाट गुरुराज घिमिरे र राजीव कोइराला पराजित भएपछि केदार कार्कीको नाम अगाडि सारिएको छ । तर, उनीहरूबीच सहमति हुँदा अब अर्याल नै संसदीय दलको नेताका मुख्य आकांक्षी हुन् ।

यता, कांग्रेस प्रदेश १ का सभापति समेत रहेका उद्वव थापाले पनि मुख्यमन्त्रीको आकांक्षा राखेका छन् । उनी अहिले संसदीय दलको नेताका लागि तयारी थालेको स्रोत बताउँछ । उनी समानुपातिकबाट सांसद बनेका हुन् ।

नेकपा एमालेले भने हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सार्नेगरी संसदीय दलको नेता बनाउने तयारी छ । यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री भइसकेका कार्की ओलीको विश्वासपात्र मानिन्छन् ।

यस्तै, नेकपा माओबादी केन्द्रले भने आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका इन्दबहादुर्र आङ्बो (मौसम) मुख्यमन्त्री बन्ने तयारी गरिरहेका छन् । उनी दोस्रोपटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

नेकपा एकीकृत समाजवादीले भने वर्तमान मुख्यमन्त्री राजेन्द्र राई पनि आँफू मुख्यमन्त्री हुने दौडमा छन् । तर, गठबन्धनको सरकार हुँदा उनको सम्भावना कम छ ।

 

Tags: #प्रदेश १टाकुरा विशेषमुख्यमन्त्री
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.