विराटनगर : बैंकको चर्को ब्याजदरकाविरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
सोमबार (आज) राष्ट्र बैंकको गेट अगाडि धर्ना बसेका उद्योगी व्यवसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।
बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै बिहीबारदेखि उद्योगी व्यवसायीले निरन्तर आन्दोलन गरिरहेका छन् ।
आन्दोलनकै क्रममा उनीहरुले आज (सोमबार) राष्ट्र बैंकको प्रवेश द्धार लागि धर्ना दिएका हुन् । सडक छेकेर उद्योगी व्यावसायीले धर्ना दिएपछि बैंकका कर्मचारी बाहिरै रोकिएका छन् ।














Discussion about this post