इटहरी : मोरङको सुन्दरहरैँचामा सिटी सफारीलाई जोगाउने क्रममा ट्याक्टर दुर्घटना चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुन्दरहरैँचा ८ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबा आउँदै गरेको को १ त ५७८३ नम्बरको ट्याक्टरले सिटी सफारीलाई जोगाउने क्रममा दुर्घटना भएको थियो ।
दुर्घटनामा बेलबारी ७ बस्ने ४० वर्षीय एकराज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठ ट्याक्टर चालक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post