रामधुनी : पाँच बर्षअघि रोजगारका लागि मलेसिया पुगेका सुनसरीका एक युवकको सुतेकै अवस्थामा निधन भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका ८ घर भएका विक्रम आचार्यको सुतेकै अवस्थामा आइतबार निधन भएको हो ।
उनी मलेसियाको क्वालालाम्पुर क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहँदै आएका थिए । मलेसियाबाट उनका साथी अविरलबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको सुतेकै अवस्थामा निधन भएको हो ।
आचार्य विगत पाँच बर्षदेखि मलेसियामा रहेका उनि पछिल्लो समय सुरक्षा गार्डका रुपमा कार्यरत रहेका थिए ।
उनको शव नेपाल फर्काउन समय लाग्नसक्ने मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।













Discussion about this post