इटहरी : इटहरीको मुख्य चौकमै उपमहानगरपालिकाले डोजर चलाएको छ ।
इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको एक भवनमा उपमहानगरले शुक्रबार (आज) डोजर चलाएको हो ।
उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो ।
निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले काम गर्नका लागि असर पुर्याउँदै आएको थियो ।
उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको भवन पहिलोपटक शुक्रबारबाट भत्काउन सुरु गरेको हो ।
सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने नगर प्रमुख पौडेलले जानकारी दिए ।
उपमहानगरको दुईवटा डोजरसहित भवन भत्काउन प्रमुख पौडेल स्वयम् उपस्थित थिए । यसअघि उपमहानगरले सूचना जारी गरेपनि चासो नदेखाएपछि भवन भत्काइएको पौडेलले बताए ।














Discussion about this post