Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको मुख्य चौकमै चल्यो उपमहानगरको डोजर, थप ३४ वटा घर भत्काइँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २९, २०७९
in समाचार
0
इटहरीको मुख्य चौकमै चल्यो उपमहानगरको डोजर, थप ३४ वटा घर भत्काइँदै
178
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको मुख्य चौकमै उपमहानगरले डोजर चलाएको छ ।

आइतबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको उपस्थितिमा राजमार्गमा पर्ने भवनमा डोजर चलाइएको हो ।

यसअघि उपमहानगरले इटहरी ९ नं. वडाका १४ घरहरूमा डोजर चलाएको थियो । आइतबारबाट भने इटहरी ६ नं. वडामा डोजर चलाइएको मेयर पौडेलले जानकारी दिए ।

वडा नं. ६ मा पर्ने ३४ वटा घर भत्काउन शनिबार सम्मको अल्टिमेटम दिइएको थियो । तर, कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरी घर भत्काएको हो ।

निर्माणाधीन ६ लेन सडक विस्तार गर्न आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाईमा भत्काइएको हो ।

‘अटेर गर्नेहरूको कारण समग्र इटहरीको विकास २० वर्षपछि धकेलिन्छ,’ उनले भने, ‘इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन अझै बाँकी छ ।’

सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने मेयर पौडेलले बताए ।

इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिएपनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ ।

छ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर सडक विस्तार गर्न घर भत्काउनु पर्दैन । फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ । तर, अहिले त्यो काम अगाडि बढेको छैन ।

इटहरी बजारको चौरास्त चोकभन्दा दक्षिणतर्फ भने अहिले २० मिटर सडक छ । यसमा सरोकारवालासँग भएको सहमति अनुसार दुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने निर्णय भएपनि घर नभत्काउँदा सडक विस्तार हुन सकेको थिएन ।

अब भने वडा नं. ६ का अन्य घर पनि केही दिनभित्रमै भत्काउने उमहानगरपालिकाले जनाएको छ । पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दाबी छ ।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । तर, समयमै काम सम्पन्न नभएपछि पछिल्लो पटक समय थप गरिएको हो ।

Tags: #इटहरी उपमहानगरपालिकाडोजरहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित
FEATURE BREAKING

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८३
0

धरान : सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धरानस्थित श्री पिण्डेश्वर बाबाधाम समितिले यस वर्षको बोलबम...

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद
FEATURE BREAKING

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८३
0

विराटनगर : मोरङ प्रहरीले एक टनभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ। रतुवामाई नगरपालिका–१० सोमबारेस्थित उर्लाबारी–आमबारी सडकखण्डमा चेकजाँचका क्रममा मिनी...

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन १५, २०८३
देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

सुनसरी घटना : मृतक परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा र १० लाख दिइने, आज अन्त्यष्टि

साउन १५, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.