सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ५ मा आइतबार (आज) बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४७ प २८२४ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैँचा ५ का अन्दाजी ५० वर्षीय चक्रबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि विराट टिचिङ अस्पताल लगिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post