Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘व्यवसायिक प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गर्न लागिएको हो’ (अन्तर्वार्ता)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ९, २०७९
in अन्तर्वार्ता, समाचार
0
‘व्यवसायिक प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गर्न लागिएको हो’ (अन्तर्वार्ता)
97
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको व्यापारिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ ।

दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रङ्गशाला नजिकै डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनामा सञ्चालन हुनेछ ।

प्रदेश १ का स्थानीयलाई बदलिदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभव गराउन, सुनसरी क्षेत्रका रैथाने उत्पादनलाई व्यवसायीकरण, प्रवद्र्धन गर्न र विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीहरुमा माझ अनुभव आदानप्रदान गराउनु एक्स्पोको मुख्य उद्देश्य हो ।

एक्स्पोको उद्देश्य, तयारी, स्टल, सुरक्षा, व्यवस्थापन लगायत विभिन्न पाटोबारे धरान एक्स्पो २०७९ मुल आयोजक समितिका संयोजक एवम् आयोजक सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादीत अंशः

एक्स्पोको तयारी कस्तो भइरहेको छ ?

एक्स्पोको सबै पाटोको तयारी अन्तिम चरणमा पुगेको छ । ढिलोमा फागुन १० गते बिहानसम्ममा हाम्रो सम्पूर्ण तयारी हुनेछ । तर त्यसअघि नै तयारी सक्ने गरि हामीले काम गरिरहेका छौँ ।

एक्स्पोको मुख्य उद्देश्य के हो ?

सुनसरी क्षेत्रको व्यवसायिक प्रवद्र्वन गर्ने एक्स्पोको एकमात्र उद्देश्य हो । व्यवसायिक प्रवद्र्वनका लागि आवश्यक पर्ने सबै पाटोमा एक्स्पोले सहयोग गर्ने गरि काम भइरहेको छ । सुनसरीको बजारलाई चालयमान बनाउँदै समग्र देशको आर्थिक अवस्थालाई सबल बनाउन थोरै भएपनि योगदान दिने हाम्रो लक्ष्य हो ।

सँगै सुनसरी क्षेत्रको आर्थिक गतिविधि, उद्योग, व्यवसाय विकास र विस्तार र नयाँ सम्भावनाका खोज, प्रवद्र्धन र प्रचार गर्ने एक्स्पोको मुल उद्देश्य हो । यी बाहेक सुनसरी, विशेषतः धरानको व्यवपारिक, व्यवसायीक शाख पुनर्जिवित गराउने लक्ष्य लिएका छौँ ।

एक्स्पो आयोजनाको कुल अनुमानित खर्च कति हो ? हालसम्म व्यवस्थापनमा कति खर्च भइसकेको छ ?

धरानमा पहिलो पटक डोम प्रविधिको प्रयोग गर्दै अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सञ्चालनको तयारी गरेका छौँ । यसको कुल अनुमानित खर्च ९९ लाख ५० हजार हो । त्यहीँ खर्चभित्र रहेर हामीले काम गरिरहेका छौँ ।

एक्स्पोमा कति स्टल हुनेछन् ? हालसम्म कति बुक भइसके ?

१० दिनसम्म सञ्चालन हुने एक्स्पोमा एक सय ३० बढी स्टल हुने भएका छन् । तीमध्ये ९० प्रतिशत बुकिङ भइसकेका छन् ।

डोम प्रविधिको प्रयोगसँगै स्टलको मुल्य त महङ्गो होला नि ?

प्रति स्टल हाम्रो तयारी र व्यवस्थापन खर्च २६ हजार पाँच सय रुपैयाँ हो । तर सुनसरीको व्यवसायिक प्रवद्र्वन गर्ने उद्देश्यसहित सञ्चालन गरिने एक्स्पोमा स्टल मुल्य खासै महङ्गो छैन । कृषिका स्टल निःशुल्क उपलब्ध गराएका छौँ ।

रैथाने, महिला, विद्यार्थी र अपाङ्ग व्यवसायी, उद्यमीका उत्पादन प्रदर्शनीका लागि हामीले व्यवसायको प्रकार हेरेर स्टल मुल्य निर्धारण गरेका छौँ । अन्य व्यवसायको हकमा व्यापारको आकार हेरेर स्टलको मुल्य निर्धारण गरिएको छ ।

व्यवसायीलाई मर्का नपर्ने र हाम्रो उद्देश्यलाई सहयोग पुग्ने हिसाबले स्टलको मुल्य निर्धारण गरिएको छ । अधिकाशंले स्टल बुकिङ बापतको रकम दिइसक्नु भयो बाँकी एक्स्पोका दौरान दिने सम्झौता भएका छन् ।

स्टल मूल्य महङ्गो भयो भन्ने गुनासो छ नि ?

धरानमा हुने गरेका अन्य एक्स्पो भन्दा स्टल मुल्य केही महङ्गो भएको सत्य हो तर महङ्गो मूल्यमा स्टल दिएर आयोजकले नाफा निकाल्ने भने होइन । यो विषय सबैले बुझ्न आवश्यक छ । देशको आर्थिक अवस्थाका कारण र अन्य स्थानमा पनि प्रदर्शनी आयोजना भइरहेकाले उल्लिखित मात्रामा प्रायोजक हामीले पाएको अवस्था छैन । त्योसँगै हामीले धरान एक्स्पोलाई अन्तर्राष्ट्रियकरण गर्न पहिलो पटक डोम प्रविधि भित्र्याएका छौँ ।

यसले पनि एक्स्पोको खर्च केही बढाएको हो । त्यसैले केही महङ्गो देखिएको हो तर व्यपारी, व्यवसायी, उद्यमीले धान्नै नसक्ने गरी मुल्य राखेका छैनौँ । कृषि, रैथाने लगायतका २० स्टललाई निःशुल्क एक्स्पोमा स्थान दिएका छौँ । अन्यलाई पनि व्यापारको प्रकार र आकार हेरेर मुल्य निर्धारण गरिएको छ । एक्स्पोको खर्च उठाउन स्टलका उचित मुल्य लिएका छौँ ।

सुनसरीमा डोम प्रविधि प्रयोग गरिएको पहिलो एक्स्पो भनिएको छ ? खासमा यस प्रविधिको आवश्यकता किन पर्याे ?

डोम प्रविधि सुनसरी जिल्लामा पहिलो प्रयोग हो । पहिलो प्रयोगका अलवा यो आकर्षण पनि हो । त्यसबाहेक सुरक्षाको दृष्टिकोणले पनि यो महत्वपूर्ण छ । यसमा स्टलमा राखिएका सामग्रीको सुरक्षा हुन्छ । हावाहुरी, पानी र अन्य सुरक्षाका खतराबाट यो प्रविधि सुरक्षित मानिएकाले हामीले यसलाई प्रयोगमा ल्याएका हौँ ।

सुरक्षाको विषय उठाइहाल्नु भयो । एक्स्पोमा व्यवसायिक स्टल, व्यवसायी–उद्यमी र अवलोकनकर्ता किन सुरक्षित हुन्छन् ? के छ सुरक्षा व्यवस्था ?

एक्स्पो अवधिभर सुरक्षा व्यवस्थापन गुणस्तरीय राख्ने गरि काम भइरहेको छ । एक्स्पोको सुरक्षाका लागि धरान एक्स्पोका छुट्टै सुरक्षागार्ड तैनाथ हुन्छन् । सँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयम्सेवकले पनि सुरक्षा व्यवस्थापनमा सहयोग गर्नुहुनेछ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले प्रतिनिधिले एक्स्पो स्थल अवलोकन गरिसक्नु भएको छ । कुनै पनि अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्था मजबुत हुनेछ ।

पछिल्ला समय यस्ता एक्स्पो र प्रदर्शनीमा दुघर्टनाको संख्या बढ्दै गएको छ । भीड नियन्त्रण गर्ने पाटोमा तपाईँहरुले कसरी तयारी गरिरहनु भएको छ ?

धनकुटाको घटनाबाट नेपालका सबैले पाठ सिक्नुपर्छ । भीड नियन्त्रणमा ध्यान दिन नसके अप्रिय घटना घट्ने सक्नेतर्फ हामी सचेत छौँ र त्यसको तयारी गरिसकेका छौँ । अवलोकनकर्ताको भीड नियन्त्रण गर्नका लागि हामीले एक्स्पो स्थलको पश्चिम, पूर्व र दक्षिणतर्फ तीन वटा प्रवेशद्वार निर्माण गरेका छौँ । त्यसबाहेक, एक्स्पोका सुरक्षागार्ड, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वयम्सेवकले त्यसतर्फ विशेष ध्यान दिनुहुनेछ ।

Tags: अन्तर्वार्ताएक्स्पोगोपाल श्रेष्ठ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा
समाचार

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोल स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा इलाका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

by रासस
जेष्ठ ३०, २०८३
0

सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२‍.१४६ केजी गाँजा बरामद गरेको छ । सुनसरी...

भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.