खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सुनकोसी किनारमा पुरुषको सडिसकेको शव फेला परेको छ ।
साविकको च्यास्मीटार–६ बालुङबारीको राजदहमा सडिसकेको अवस्थामा नाम, थर र ठेगाना नखुलेको शव फेला परेको हो ।
शवलाई प्रहरीको मुचुल्का उठाएर सतगद गरिएको च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राईले बताएका छन्
।
शव करिब दुई–तीन हप्ताअघिको भएको अनुमान गरिएको छ । हालसम्म कोही व्यक्ति हराएको, नदीले बगाएको वा हाम फालेको जानकारी नआएको प्रहरीले जनाएको छ ।
ओखलढुंगा, सिन्धुली, काभ्रे लगायतका छिमेकी जिल्लामा बुझ्दा कोही व्यक्ति हराएको जानकारी नआएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताएका छन् ।
माझी समुदायले मृत शरीर नदीमा बगाएको अनुमान गरिएको छ ।
माझी समुदायमा मृत शरीर नदीमा बगाउने प्रचलन छ ।



















Discussion about this post