भोजपुर : भोजपुरमा चट्याङ्ले लागेर एक बालकको मृत्यु भएको छ ।
षडानन्द नगरपालिकाका १२ तिप्लेका १३ वर्षीय बालक सरोज भुजेलको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सरद थापाले जानकारी दिए ।
बिहीबार आएको हावाहुरी र वषातसँगै परेको चट्याङले लागेर गम्भीर घाइते भएका भुजेलको उपचारका लागि संखुवासभाको तुम्लिङटारस्थित मनकामना हस्पिटल लगिएको थियो ।
हस्पिटल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यस्तै, चट्याङले लागेर स्थानीय २५ वर्षीय प्रदीप भुजेल घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post