Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘मेरो नेतृत्वले कोही विद्यार्थीलाई विभेद हुँदैन, स्ववियु सबै विद्यार्थीको साझा थलो हुनेछ’ : अन्तर्वार्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ४, २०७९
in अन्तर्वार्ता, समाचार
0
‘मेरो नेतृत्वले कोही विद्यार्थीलाई विभेद हुँदैन, स्ववियु सबै विद्यार्थीको साझा थलो हुनेछ’ : अन्तर्वार्ता
142
SHARES
Share on FacebookShare on Twitter

यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र समाजवादी विद्यार्थी युनियनबीच तालमेल भएको छ ।

नेविसंघले नेतृत्व गरेको तालमेलबाट सभापतिमा सहदेव काफ्ले उम्मेदवार छन् । कूल ५ हजार ७४३ विद्यार्थी रहेको यो क्याम्पसमा लामो समयदेखि विद्यार्थीको पक्षमा वकालगत गर्दै आएका काफ्लेसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :–

१. स्ववियु निर्वाचन नजिकिदै छ, तयारी कस्तो छ ?

चुनावको समय नजिक आइसकेको छ । अहिले हामीले प्रत्येक विद्यार्थीकहाँ पुगेर मत माग्ने काम गरिरहेका छौँ । सँगै विद्यार्थीका समस्या र उनीहरूले भोग्नुपरेका दुःखबारे थप नजिकबाट नियाल्ने अवसर पाएका छौँ । विद्यार्थीका समस्या समाधानमा यसअघि हामी उनीहरूका साथमा उभिदैँ आएका छौँ । अब पनि विद्यार्थीकै समस्या समाधानमा निरन्तर डट्ने प्रतिबद्वतासहित चुनावी मैदानमा स्वच्छ प्रतिष्पर्धा गर्न आतुर छौँ ।

२. विद्यार्थीहरूमाझ जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

विद्यार्थीहरूबाट सहदेव काफ्ले नै अबको सभापति भन्ने प्रतिक्रिया सुन्दा खुशी छु । सँगै मलाई चुनौती पनि छ । मेरो नेतृत्वले विद्यार्थीको हितका निम्ति काम गर्ने कुरामा मलाई चुनौती छ । किनकि, क्याम्पसमा काम गर्न थुप्रै कुराहरू बाँकी छन् । तर, म कसैको दबाब, प्रभावमा नपरीकन, अलिकति पनि नडगमगाइकन निरन्तर विद्यार्थीका हितमा काम गर्दै आएको र आगामी दिनमा पनि सकारात्मक काम गर्ने प्रण रहेकाले विद्यार्थीहरूले मेरो कामको मूल्यांकन गर्नुहुनेछ भन्ने विश्वास छ । अहिलेसम्म विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया पाएकाले उत्साहित छु ।

३. स्ववियुले तपाईंको नेतृत्व पायो भने थप के काम हुन्छ ?

स्ववियु भनेको सबै विद्यार्थीहरूको साझा थलो हो । भोलि स्ववियुमा नेतृत्व भयो भने को नेविसंघ, को अखिल, को राप्रविसंघ, को स्वतन्त्र भन्ने विभेद हुँदैन । सबैलाई समान रूपमा व्यवहार र काम गरिन्छ । स्ववियु सबै विद्यार्थीको साझा थलो हुनेछ ।

४. तपाईंका चुनावी एजेन्डा संक्षिप्तमा ?

हाम्रा मुख्य एजेन्डा हामीले ‘क्यू आर कोड’मार्फत सार्वजनिक गरेका छौँ । खासगरी, क्याम्पसमा व्यवस्थित र प्रविधिमैत्री क्याम्पस, ग्रीन कलेज, क्लिन कलेज, पेपरलेस क्याम्पस, मल्टिमिडिया प्रविधिबाट पठनपाठन, व्यवस्थित पार्किङ, उद्यमीसँग विद्यार्थी कार्यक्रम, खेलकुद पूर्वाधार निर्माण र संरचना स्तरोन्नती, थारु एवम् आदिवासी विद्यार्थीहरूलाई छात्रवृत्ति कार्यक्रम, करियर डेभलपमेन्ट प्रोग्राम, स्वास्थ्य बीमा कार्यक्रम, एक विद्यार्थी एक सेट पुस्तक, कला र साहित्यको प्रवद्र्वन जस्ता एजेन्डा उठाएका छौँ ।

यी एजेन्डाबाहेक थप एजेन्डा ‘क्यू आर कोड’मार्फत हेर्न र पढ्न सकिनेछ । हामी कामै गर्न नसक्ने र पूरा गर्न नसक्ने आश्वासन बाड्न चाहन्नौँ । हामीले उठाएका एजेन्डा काम गर्न सक्नेछन् ।

५. तपाईंलाई नै किन भोट हाल्ने ? विद्यार्थीले विश्वास गर्ने आधार ?

विगत लामो समयदेखि निस्वार्थ रूपमा विद्यार्थीका समस्या सँगै हातेमालो गरेर, सुख र दुःखमा साथ दिदैँ आएको छु । विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्नेदेखि अन्य विभिन्न मुद्वाहरूमा, बस नपुगेका ठाउँमा समन्वय गर्ने, फि बढी भएका कक्षाहरूमा फि घटाउने लगायतका गतिविधिमा मैले नेतृत्व गरेको छु । यसकारण मलाई मत दिनुहुनेछ भन्ने अपेक्षा छ । र, मलाई मत दिनुहोस् भन्ने मेरो अपिल हो । मैले विगतमा गरेका गतिविधिकै कारण मेरो चुनाव जित्ने आधार हो ।

६. यसअघि अखिलले जित्यो, तर बीचमा स्ववियुको अनुभूति भएन भन्ने पनि सुनिन्छ । यो साँचो हो ?

यो भन्दा अघि अनेरास्ववियुले चुनाव जितेको हो । तर, स्ववियु भएको अनुभूति हुने त परको कुरा उहाँहरू चुनाव जितेर भाग्नुभयो । अनेरास्ववियुले चुनाव जितेर भागेको कुरा साँचो हो । हामीले त्यसबेला चुनाव हारेर पनि विद्यार्थीका हरेक समस्यामा साथ दिदैँ आएका छौँ ।

७. अन्त्यमा केही?

खासगरी भन्ने हो भने जनता क्याम्पसको हकमा हेर्दा विगतका दिनमा नेविसंघले अरु कुनै विद्यार्थी संगठनसँग होइन, पार्टीसँग चुनाव लड्दै आएको इतिहास छ । यस क्याम्पसमा हरेक समय नेविसंघ विद्यार्थीको समस्याको सारथी बनेर उभिदैँ आएको छ । हामीले यसअघिका निर्वाचनमा विद्यार्थीको मन जितेपनि मतसंख्यामा हाम्रो संख्या कम हुँदै आएको थियो ।

तर, यसपटक भने नेविसंघले हरेक गाउँमा, घरमा पुगेर विद्यार्थीसँग मत मागेको छ । र, क्याम्पसमा पर्ने हरेक समस्या समाधानमा हामीले विद्यार्थीको पक्षमा काम गर्दै आएकाले यसपटकको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हामीले जित्दैछौँ । र, हामीलाई यसपटक विद्यार्थीहरूले न्याय गर्नुहुनेछ भन्ने विश्वास छ ।

(यो अन्तर्वार्ता केहीदिनअघि नै रेकर्ड गरिएको र सम्पादन गर्न समय लागेकाले आज प्रकाशित गरिएको हो । -सं)

Tags: अन्तर्वार्ताजनता बहुमुखी क्याम्पससहदेव काफ्लेस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै
खेलकुद

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको...

हामी नवौँ वर्षमा [प्रकाशकीय]
FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।...

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.