विराटनगर : प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै पहिचान पक्षधरहरू र सुरक्षाकर्मीबीच झडप हुँदा इटहरीमा चारजनासहित १९ जना घाइते भएका छन् ।
विराटनगरको रोडशेष चौकस्थित विग होटल अगाडि पहिचान पक्षधरहरूले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप हुँदा १९ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा इटहरी २० तरहराका सरोज लिम्बू, इटहरी २० कै रेसम राई, इटहरी ५ का पदम लिम्बू, इटहरी ८ का विमल किराँती, धरान ५ का एन के दर्नाल, धरान १६ का शिव आङ्देम्बे, माङ्सेबुङ ३ का उदय नेम्बाङ, धरान ११ का ज्ञानप्रसाद राई, ग्रामथान ६ का सुरज राई, धरान १८ का अशोक राई, धरानकै विशाल राई, धरान १२ कै आस्था राई घाइते भएका छन् ।
यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।
उनीहरूको विराटनगरस्थित कोसी हस्पिटल र पारस हस्पिटलमा उपचार भइरहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मंगलबार दिउँसो १ बजेबाट सुरु भएको आन्दोलन दिउँसो ३ः३० बजेसम्म जारी रह्यो । आन्दोलनका क्रममा प्रहरीले २९ राउण्ड हवाई फायर गरेको छ ।
गत चैत ५ गते आन्दोलनका क्रममा लाठी लागेर घाइते भएका धरान १५ बस्दै आएका पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएपछि पहिचान पक्षधरहरू थप आन्दोलित बनेका हुन् ।
प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेशको नामकरण कोसी स्वीकार नहुने भन्दै आन्दोलन जारी राखेको जनाएको छ ।













Discussion about this post