ओखलढुंगा : ओखलढुंगामा तीन दिनअघि घरबाट माछा मार्न हिँडेका एक किशोर मृत फेला परेका छन् ।
खिजिदेम्बा गाउँपालिका ६ तनारीका १६ वर्षीय युवराज सुनुवार दहमा डुबेको अवस्थामा बिहीबार (आज) मृत फेला परेका हुन् ।
मृतकका आफन्तले बुधबार इलाका प्रहरी कार्यालय खिजिफलाटेलाई छोरा घर नआएको जानकारी गराएका थिए ।
प्रहरी, स्थानीय, आफन्तले संयुक्त रूपमा खोजी गर्ने क्रममा दुब्ले फलाँटे खोलाको दहमा डुबिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post