ओखलढुंगा : ओखलढुंगामा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको चम्पादेवी गाउँपालिका ६ स्थित भदौरेकी २० वर्षीया शर्मीला कार्कीको मृत्यु भएको हो । चट्याङमै १३ वर्षीया बालिका अरुणा कार्की घाइते भएकी छन् ।
आज (शुक्रबार) दिउँसो ४ बजेतिर पानीसँगै परेको चट्याङले लाग्दा उनीहरू घाइते भएका थिए ।
घाइतेमध्ये शर्मीलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post