ओखलढुंगा : ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुका ५४ वर्षीय नुनबहादुर राई घरबाट बेपत्ता भएको १४ दिनपछि मृत फेला परेका छन् ।
सुनकोशी गाउँपालिकाको मोलुङ खोला र सुनकोशी नदीको दोभान नजिकै पर्ने सुनकोशी नदी किनारमा मंगलबार राई मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी चैतको ७ गतेदेखि बेपत्ता थिए । स्थानीयले मंगलबार शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरी घटनास्थल पुगेर बेवारिसे शवको बारेमा सोधखोज गर्दा नुनबहादुर राईको रहेको पुष्टि भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post