इटहरी : सुनसरीबाट युवा संघमा ६ जना चयन भएका छन् । नेकपा एमाले पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको नवौँ अधिवेशनबाट सुनसरीबाट ६ जना युवा नेता केन्द्रिय कमिटिमा चयन भएका हुन् ।
अधिवेशनबाट देवानगञ्ज गाउँपालिकाका देवानन्द मेहता सचिवमा सर्वसहमत चयन भएका छन् ।
यस्तै, इटहरीका जीतेन्द्र थापा, धरानका दिवस वान्तवा राई, दुहबीका राकेश डाँगी केन्द्रिय सदस्यमा निर्विरोध चयन भएका छन् ।
यस्तै, इटहरी घर भइ काठमाण्डौं बस्दै आएका सन्दीप भट्राई र बराहक्षेत्रका रेसु तामाङ केन्द्रिय सदस्य भएका छन् ।












Discussion about this post