इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बाल यौन दुर्व्यवहार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाल यौन दुर्व्यवहार मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७९।०२।३१ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १९ का ३६ वर्षीय रविनकुमार तामाङ रहेका छन् । उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गगरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।














Discussion about this post