दुहबी : सुनसरीको दुहबीस्थित मुख्य राजमार्गमै एकैसाथ १० वटा डोजर चलेको छ ।
विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधीन रहेको ६ लेन सडक दुहबी बजारमा भने सडक क्षेत्राधिकारभित्र परेको र नहटाइएका कारण काम अगाडि बढ्न सकेको थिएन ।
६ लेन सडकको काम लामो समयदेखि रोकिएपछि मंगलबार दुहबी नगरपालिकाको नेतृत्वमा एकैसाथ १० वटा डोजर चलाइएको हो ।
सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरू मंगलबारबाट भत्काउन सुरु गरिएको छ ।
६ लेन सडक आयोजनाका अनुसार दुहबी नगरपालिकामा पर्ने २ किलोमिटर सडकमा भने ६ लेन सडकको काम हुन सकेको छैन ।
दुहबीका नगर प्रमुख वेद गच्छदारका अनुसार मुख्य राजमार्गमा पर्ने दुई मिलोमिटर मध्ये ‘विल टप एरिया’को ६३० मिटर बाहेकको संरचना हटाइएको हो ।
नगरपालिकाले तीन महिना अगाडि घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीयले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
सोमबार उच्च अदालत विराटनगरले निषेधाज्ञाको अन्तरिम आदेश खारेज गरेपछि राष्ट्रिय गौरवको आयोजना बनाउने बाटो खुलेको मेयर गच्छदारले बताए । ।
यसअघि इटहरी उपमहानगरपालिकाले पनि सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएको थियो ।














Discussion about this post