सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरस्थित सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६२६९ नम्बरको बसले बिपरीत दिशातर्फ आउँदै गरेको प्र १-०२-०५२ प ००७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार ग्रामथान गाउँपालिका ६ मोरङ बस्ने ४५ वर्षीया नन्दकुमारी राई रहेकी छन् ।
उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकल चालक मोरङको ग्रामथान गाउँपालिका ६ बस्ने २४ वर्षीय विशाल सरदार घाइते भएका छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post