पाँचथर : हावाहुरी र चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका ३, देउरालीस्थित फर्ममा पालिएका ५४ वटा भेडा मरेका छन् ।
शुक्रबार राति १० बजे चलेको हावाहुरीसँगै परेको चट्याङले भेडा मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
स्थानीय प्रकाश राई, शुकबहादुर राई, सुरेन्द्र आङ्बो, टेकबहादुर गुरुङले संयुक्त रूपमा सञ्चालन गरेको फर्मका भेडा मरेका हुन् ।
१२ वटा भेडा घाइते अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।














Discussion about this post