Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानका मेयर हर्क साम्पाङको कार्यशैलीविरुद्व पत्रकार महासंघ सुनसरीले चरणबद्व आन्दोलन गर्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८०
in समाचार
0
धरानका मेयर हर्क साम्पाङको कार्यशैलीविरुद्व पत्रकार महासंघ सुनसरीले चरणबद्व आन्दोलन गर्ने
337
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यशैलीविरुद्व नेपाल पत्रकार महासंघ सुनसरीले चरणबद्व आन्दोलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बिहीबार बसेको बैठकले प्रेस विज्ञप्ति जारी गर्दै महासंघ सुनसरीले धरान नगर प्रमुख साम्पाखले पत्रकार र सञ्चार माध्यमलक्षित शृङ्खलाबद्ध रूपमा गरेका दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिका कारण पत्रकारहरू असुरक्षित भएको ठहर गर्दै चरणबद्व आन्दोलन गर्ने भएको हो ।

पत्रकार र सञ्चारमाध्यम लक्षित निरन्तर धम्कीपूर्ण अभिव्यक्तिहरू दिइरहँदा पत्रकारहरू असुरक्षित भएको ठहर गर्दै महासंघले बैशाख २३ गते ध्यानाकर्षण पत्र बुझाएको थियो ।

महासंघले ध्यानाकर्षण पत्र बुझाएको पाँच दिनसम्म नगर प्रमुखको तर्फबाट आधिकारिक रूपमा महासंघमा कुनै पत्र नपुगेपछि चरणबद्व आन्दोलनमा ओर्लन बाध्य भएको महासंघको अध्यक्ष जनकऋषि राईले बताए ।

बिहीबार अध्यक्ष राई र सचिव ध्रुव ढकालको हस्ताक्षरसहित एक विज्ञप्ति जारी गर्दै महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

जसअन्तरगत बैशाख २८ गते बिहीबार प्रेस विज्ञप्ति जारी गर्ने, २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयसमक्ष ज्ञापन पत्र बुझाउने, ३० गते शनिबार सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा प्रकाशन र प्रसारण गर्न आग्रह गर्ने, ३१ गते सुनसरीका पत्रकारहरूले एउटै नारा फेसबुक स्ट्याटसमा लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रदर्शन गर्ने र २ गते धरानमै पूर्व नगर प्रमुखहरूसँग अन्तरक्रिया गर्ने भएको बताइएको छ ।

यस्तो छ महासंघद्वारा जारी विज्ञप्ति

प्रेस विज्ञप्ति

१. पत्रकारहरू लोकतान्त्रिक व्यवस्था र स्वतन्त्रताका पहरेदारहरू हुन् । नागरिकहरूको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनमा नेपाली पत्रकारहरूले खेलेको भूमिका कसैले बताइरहनु पर्दैन । राजनीतिक परिवर्तनका लागि देशमा भएको हरेक सङ्घर्ष र आन्दोलनमा नेपाली पत्रकारहरू अग्रपङ्क्तिमा उभिएका छन् जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाली प्रेसले आफूलाई अविचलित रूपमा उभ्याएको सर्वविदितै छ । सबै खाले निरङ्कुशताविरुद्ध नेपाली प्रेसले गरेको सम्झौताहीन सङ्घर्षकै कारण आज हामी गौरव गर्छौं र यही गौरवपूर्ण इतिहासको बलमा हाम्रो शिर उच्च छ । नेपाली प्रेसको यो गौरवपूर्ण इतिहासलाई कसैले ठट्टाको विषय बनाउँछ भने हाम्रा लागि कुनै पनि अर्थमा स्वीकार्य हुने छैन ।

राज्य वा सार्वजनिक पदमा बसेका व्यक्तिहरूले गरेका कमी कमजोरीलाई नागरिकसमक्ष पुयाएर प्रेसले राज्य र राज्यका निकायहरूलाई पारदर्शी बनाउन भूमिका खेल्ने गर्छ । त्यसैले कुनै पनि लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रतालाई अपरिहार्य तत्त्व मानिन्छ । यसै कारणले गर्दा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गरिएको छ । देशको संविधान र प्रचलित कानुनहरूका साथै पत्रकारिताका विश्वव्यापी सिद्धान्त, मूल्य(मान्यता र आचार संहिताको परिधिभित्र रहेर प्रेस स्वतन्त्रताको अभ्यास र उपभोग गर्न हामी पूर्ण प्रतिबद्ध छौं ।

२. धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई ९हर्क साम्पाङ० ले भने सामाजिक सन्जालको दुरुपयोग गर्दै र भेटमै पनि पत्रकार र सञ्चार माध्यमलक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषाको प्रयोग तथा प्रेस स्वतन्त्रताविरोधी गतिविधि देखाइरहनुभएको छ । उहाँले शृङ्खलाबद्ध रूपमा पत्रकारलाई गरेका दुर्व्यवहार र उहाँका धम्कीपूर्ण अभिव्यक्तिले पत्रकारहरू असुरक्षित भएको ठहर गर्दै महासङ्घले यही वैशाख २३ गते उहाँलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

ध्यानाकर्षणपत्रमा लेखिएको थियो ‘पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बर्द्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न हामी नगर प्रमुखको ध्यानाकर्षण गराउँछौं ।’ साथै, पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मानव्यक्त गर्न आग्रह गर्दछौं । अन्यथा महासङ्घ चरणबद्ध आन्दोलनमा ओर्लन बाध्य हुने

पनि यसै ध्यानाकर्षण पत्रमार्फत् अवगत गराउँछौं ।’ महासङ्घले दिएको तीन दिनको समयसीमा हिजो ‘वैशाख २७’ नै समाप्त भए पनि धरान नगर प्रमुख साम्पाङबाट आजसम्म औपचारिक रूपमा कुनै प्रतिबद्धता प्राप्त नभएको जानकारी गराउँछौं । आफूले पत्रकारहरूलाई लक्षित गरेर सार्वजनिक रूपमा दिएका आपत्तिजनक र अशिष्ट भाषा पनि उहाँले फिर्ता लिनुभएको छैन । उहाँले प्रयोग गर्ने उहाँको आधिकारिक फेसबुक आईडी ‘Harka Sampang A Revolution ‘ बाट भने एउटा सामग्री बाहिरिएको छ । त्यसमा न कसैलाई सम्बोधन गरिएको छ, न त कुनै शीर्षक नै छ । पेटबोलीको सन्दर्भबाट भने पत्रकार महासङ्घकै ध्यानाकर्षणपत्रको जवाफ हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसबाट पनि विधि र प्रक्रियाप्रति उहाँको उपेक्षा भाव वा अज्ञानता प्रष्ट हुन्छ । महासङ्घले संस्थागत रूपमा उहाँको कार्यालयमै गएर बुझाएको ध्यानाकर्षणपत्रको जवाफ प्रक्रियागत रूपमा दिन आवश्यक नठान्नुलाई महासङ्घप्रति उहाँले गरेको उपेक्षाको अर्थमा लिएका छौं ।

३. फेसबुकबाट सार्वजनिक सामग्रीमा उहाँले पत्रकारहरूलाई शिक्षा दिन खोज्नुभएको छ । उहाँले सो सामग्रीमा प्रेस स्वतन्त्रताको नाममा जथाभावी आरोप लगाउने, कसैको चरित्र हत्या गर्ने, अपुष्ट समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभएको छ, तर कुन सञ्चार माध्यममा प्रकाशित वा प्रसारित कुन समाचारमार्फत् जथाभावी आरोप लगाइएको छ वा चरित्र हत्या गरिएको छ वा भ्रम सिर्जना गरिएको छ भन्ने प्रष्ट पार्नुभएको छैन । कुनै समाचार वा मिडियामा आएको कुनै विषयमा चित्त नबुझे त्यसबारे आफ्ना प्रतिक्रिया वा विचार प्रक्रियागत रूपले राख्न पाउने अधिकार सबैसँग सुरक्षित छ । मिडियामाथि तथ्यहीन आरोप लगाउनुभन्दा तथ्यपरक रूपमा समाचारको खण्डन गर्न चुनौती दिन्छौं ।

४. हामी कानुनको शासन तथा विधि र प्रक्रियामा विश्वास गछौं । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गरेको छ । नगर प्रमुख साम्पाङले भने सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेकै कारण महासङ्घका पूर्व सुनसरी अध्यक्ष केशव घिमिरेलाई नगरपालिकामा उपस्थित हुन सामाजिक सन्जालमार्फत् आदेश दिने गर्नुभएको छ । फेसबुकमार्फत् सार्वजनिक सामग्रीमा पनि उहाँले घिमिरेलाई महासङ्घमार्फत् नै नगरपालिकामा झिकाई लगाएको आरोप पुष्टि गराउनु भन्नुभएको छ । उहाँले बुझ्नुपर्छ नगरपालिका कसैको बयान लिने कार्यालय होइन । त्यहाँ गएर आरोप पुष्टि गर्नु आवश्यक छैन । देशमा कानुन छ र कानुनले सबैका भूमिकालाई निर्धारित गरिदिएको छ । ‘म नै राज्य हुँ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै आदेशको शैली तत्काल बन्द गर्न र कानुनको पालना गर्न हामी नगर प्रमुखलाई स्मरण

५. लोकतन्त्रमा स्थायी प्रतिपक्ष मानिने प्रेसले आलोचनात्मक टिप्पणी गर्ने आफ्नो धर्म निर्वाह गर्दा त्यसलाई विरोधको अर्थमा बुझिनु गलत हो। उहाँको शैली र कार्य कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो। उहाँकै कारणले गर्दा पत्रकारहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सञ्चार ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु स्थानीय सरकारको दायित्व हो, तर सरकार प्रमुखं आफैं स्वतन्त्र प्रेसविरोधी देखिनु दुर्भाग्यपूर्ण भएको हामीले ठहर गरेका छौं ।

६. तसर्थ, नगर प्रमुख साम्पाङको फेसबुकबाट आएको सामग्री धरान प्रेस स्वतन्त्रताप्रति उपमहानगरपालिकाको प्रतिबद्धता होइन । पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बर्द्धन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता पनि होइन । कार्यपालिकाबाट नीतिगत निर्णय भई प्रेस स्वतन्त्रता संरक्षणका लागि स्थानीय सरकारको सञ्चार ऐन, नियमावली, निर्देशिका निर्माण गर्ने पूर्ण प्रतिबद्धता नआएसम्म आन्दोलनका कार्यक्रमहरू अघि बढाउने निर्णय कार्यसमितिले गरेको जानकारी गराउँदछौं ।

पहिलो चरणका कार्यक्रमहरू :

१) वैशाख २८ गते बिहीबार प्रेस विज्ञप्ति जारी गर्ने

२) वैशाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाउने

३) वैशाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा प्रकाशन र प्रसारण गर्न आग्रह गर्ने ४० वैशाख ३१ गते आइतबार सुनसरीका पत्रकारहरूले एउटै नारा फेसबुक स्टाटसमा लेख्ने

५) जेठ १ गते धरानमा मौन जुलुस प्रदर्शन गर्ने

६) जेठ २ गते धरानमै पूर्व नगर प्रमुखहरूसँग अन्तरक्रिया गर्ने

Tags: आन्दोलननेपाल पत्रकार महासंघहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी...

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो
समाचार

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

by रासस
साउन १६, २०८३
0

झापा : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.