खोटाङ : विदेश पठाउने नाममा ठगी गर्ने खोटाङका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न देशमा पठाउने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका ३८ वर्षीय ज्ञानुकर्ण बेरी र उनकी ३० वर्षीय श्रीमती राधिका परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले विभिन्न व्यक्तिबाट पाँच लाख १५ हजार लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्की जानकारी दिए ।
बैदेशिक रोजगारीका नाममा ठगी गर्नमा संलग्न दम्पत्ती बिरुद्ध जिल्ला अदालतबाट बैशाख २७ गतेदेखि लागू हुनेगरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ।














Discussion about this post