खोटाङ : आफ्नै संरक्षणमा रहेका बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ भनेर चिनिने मदन राई खोटाङबाट पक्राउ परेका छन् ।
खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका २ सोल्माका ७५ वर्षीय राईलाई प्रहरीले शुक्रबार (आज) दिउँसो पक्राउ गरेको हो ।
आफैँले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिकाहरुलाई बारम्बार यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ ।
फाउन्डेसनका संस्थापक राईले आफ्नो नग्न शरीर देखाएर बालिकाहरुमाथि अश्लील क्रियाकलाप गर्ने, गोप्य अंगहरु छुन लगाउने, बालिकाका संवेदनशील अंग छुने, शारीरिक सम्पर्कका लागि दबाब दिने गरेको सार्वजनिक भएको थियो ।














Discussion about this post