मोरङ : मोरङको उर्लाबारी नगरपालिका ३ मा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयबासीले बसमा आगजनी गरेका छन् ।
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् ।
मंगलबारे सडक खण्डनजिकै मे १ ख ३०७३ नम्बरको बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरमा सवार तत्काल नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृतकको शव मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा राखिएको छ ।
बस चालक कनकाई नगरपालिका ३ निवासी बस चालक ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।












Discussion about this post