मोरङ : मोरङको उर्लाबारी नगरपालिका ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुबाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जेठ २५ गते दिउँसो साढे ३ बजेतिर उर्लाबारीको मंगलबारेस्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं. ०१–०१–०१३ प २३० नं. को स्कुटरलाई अगाडिबाट ठक्कर दिदाँ स्कुटर चालक झापा कमल गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३३ का पवन सुवेदीको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा परी मृत्यु भएपछि आक्रोशित भीडले मे १ ख ३०७३ नम्बरको यात्रुबहाक बस आगजनी गरेका थिए । सोही बसमा आगजनी गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का १८ वर्षीय प्रज्वल भन्ने गोकुल भण्डारी, पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ सम्झना चोक बस्ने २८ वर्षीय जीवन थापा, पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ गिरिटोल बस्ने २० वर्षीय मानव भन्ने अनमोल राई, पथरी शनिश्चरे नगरपालिका वडा नं. २ नवज्योति बस्ने २० वर्षीय आयुष रिजाल र पथरी शनिश्चरे नगरपालिका वडा नं. २ देवीगन्ज बस्ने २० वर्षीय गोरे भन्ने मोहनकुमार मगर रहेका छन् ।
उनीहरूलाई आपराधिक उपद्र्व कसूरमा मोरङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप भई थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post