ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ ।
पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो ।
त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् ।
बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरीका डिएसपी दिपकबहादुर केसीले बताए ।
स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएपनि परिवारका सदस्यहरू भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post