ओखलढुंगा : विषालु च्याउ खाएर बिरामी परेकी ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ७ डाडाँगाउँकी २४ वर्षीया कल्पना शर्माको उपचारको क्रममा मृत्यु भएको छ ।
असार ७ गते कल्पना र उनका श्रीमान पर्शुराम खतिवडा च्याउ सेवनको कारण गम्भीर बिरामी भएपछि उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पुर्याइएको थियो ।
कल्पनाको बिहीबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
उनका श्रीमान खतिवडाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post