झापा : झापाको गौरीगञ्ज गाउँपालिका ४ कन्चिरामा चट्याङ लागेर १५ वर्षीय विजय सरदारको मृत्यु भएको छ ।
खेतमा काम गर्न जाने क्रममा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङले १६ वर्षीय मनिजुर आलम र भारतको फुलबारी घर भई गौरीगञ्ज बस्दै आएका २० वर्षीय शिकन्दर आलम घाइते भएका छन् ।
दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post