इटहरी : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ ।
यस अन्तरगत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्ममात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
नवीकरण अफरले खासगरी भायानेटको ग्राहक सन्तुष्टि र विद्यामान ग्राहकप्रतिको उत्तरदायित्व निर्वाहको लागि कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ ।
यसरी यस अफरमार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्ने कम्पनीको विश्वास छ ।
भायानेट देशमै पहिलोपटक फाइबर इन्टरनेट घर–घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ वर्षदेखि इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात छ।














Discussion about this post